११ साउन २०८३, सोमबार

बङ्गलादेशमा हिंसात्मक आन्दोलनको असरः प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

साउन ५, २०८१
काठमाडौं
बङ्गलादेशमा हिंसात्मक आन्दोलनको असरः प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

ढाका– बङ्गलादेशमा हिंसात्मक आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी छिन् ।

प्रधानमन्त्री हसिनाको आइतवारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उनका प्रेस सचिव नइमुल इस्लाम खानले जानकारी दिएका छन् ।

विद्यार्थी आन्दोलनले चर्कोरुप लिँदै गएपछि मुलुकका विभिन्न शहरमा सैनिकहरू तैनाथ गरिएको छ ।

अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसकेका छन् । बङ्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।

सरकारले नागरिकहरूको सहायताका लागि कफ्र्यू लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सचिव खानले बताएका छन् ।

राजधानी ढाकाका सडकहरू शुक्रवार बिहानैदेखि  सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ ।  

कफ्र्यू आइतवारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्