०३ साउन २०८३, आइतबार

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

साउन ५, २०८१
काठमाडौं
काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

माल्दिभ्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ ।

माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित ग¥योे ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन छ ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो ।

अब शनिवारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुनेछ । कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाईनल खेल्नेछ । सेमिफाईनलका दुवै खेल आउने सोमबार हुनेछ । फाईनल खेल मंगलबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्