
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज (आइतवार) बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले लोकान्तरलाई जानकारी दिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।
संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत दिने–नदिने निर्णय गर्ने झाले बताए ।
साथै संसदमा प्रतिपक्षीको भूमिकाबारे पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।