०७ साउन २०८३, बिहीबार

१९८ मार्फत एफटीटीएच इन्टरनेटको प्याकेज परिवर्तन गर्न सकिने

साउन ९, २०८१
काठमाडौं
१९८ मार्फत एफटीटीएच इन्टरनेटको प्याकेज परिवर्तन गर्न सकिने
फाइल फोटो

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।

मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी एफटीटीएच जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकताअनुसारका  एफटीटीएच सेवाका प्याकेज परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी १९८ मार्फत टेलिभिजन सेवाका ग्राहकले आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सक्नेछन् ।

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएको टेलिकमका  प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्