०८ असार २०८३, सोमबार

ग्वार्कोको गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु

साउन ११, २०८१
काठमाडौं
ग्वार्कोको गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु

ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ ।

ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । 

बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले बताए ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले  बताए ।

salt training

कमेन्ट गर्नुहोस्