१० साउन २०८३, आइतबार

अमेरिकामा राष्ट्रपतीय निर्वाचनः कमलालाई ओबामाको समर्थन

साउन ११, २०८१
काठमाडौं
अमेरिकामा राष्ट्रपतीय निर्वाचनः कमलालाई ओबामाको समर्थन

वासिङ्टन–अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय निर्वाचनका लागि समर्थन गरेका छन् । यसले उपराष्ट्रपति कमलाको उम्मेदवारीको सम्भावनालाई थप बल पुर्याएको छ । 

‘यसै हप्ताको शुरूमा मिशेल (श्रीमती) र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौँ– तपाईँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र यसमा हाम्रो पूर्ण समर्थन रहनेछ,’ ओबामाले सामाजिक सञ्जाल एक्समा शुक्रबार लेखेका छन्, ‘हाम्रो देशका लागि यो महत्वपूर्ण क्षण हो । नोभेम्बरमा उहाँलाई जिताउन सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।’ 

कमला​ले आइतबार नै राष्ट्रपति जो बाइडेनको पनि समर्थन प्राप्त गरिसकेकी छिन् । आफ्नै दलका अर्का नेता ओबामाको समर्थनले कमलाको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउने विश्वास लिइएको छ । अन्तिम समयमा उम्मेदवारी घोषणा गरेदेखि नै उनको समर्थनका आधारहरू बढ्दै गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्