२१ जेठ २०८३, बिहीबार

चुनाव बारे अन्योलता सृजना नगर्न एमाले–माओवादीको आग्रह

कात्तिक २०, २०७४
चुनाव बारे अन्योलता सृजना नगर्न एमाले–माओवादीको आग्रह
काठमाडौं ९ कात्तिक– नेकपा एमाले र माओवादी केन्द्रले मंसिर १० र २१ गतेका लागि निर्धारित चुनाव तोकिएको समयमै सम्पन्न गर्न माग गरेका छन् ।

बिहीवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी वाम गठवन्धनका दुई दलले निर्वाचन बारे अन्यौल हुने काम नगर्न आग्रह गरेका हुन् ।

दुई दलको संयुक्त विज्ञप्ती बाचन गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनका सम्बन्धमा भ्रम, अन्यौल नपार्न आग्रह गरिन् । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् ।

पत्रकार सम्मेलनमा उद्घोषक कृष्णगोपाल श्रेष्ठले विशेष परिस्थितीबाट उत्पन्न भएको पत्रकार सम्मेलन भएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्