०४ साउन २०८३, सोमबार

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते

साउन १२, २०८१
काठमाडौं
सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते

बेलग्रेड–दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना आप्रवासी घाइते भएको त्यहाँको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।
घाइते हुने अफगानी र नेपाली रहेका छन् ।  

आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’मा राखिएको छ ।

ती ३० आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाए पनि कति नेपाली र कति अफगानी भन्ने चाहिँ खुल्न सकेको छैन ।

गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू)तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । 

सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्