३२ असार २०८३, बिहीबार

देशभर मनसुनी वायुको प्रभावः अधिकांश प्रदेशमा बिहानैदेखि वर्षा

साउन १३, २०८१
काठमाडौं
देशभर मनसुनी वायुको प्रभावः अधिकांश प्रदेशमा बिहानैदेखि वर्षा

आइतवार बिहान अधिकांश प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेश वर्षा भइरहेको हो ।  

‘देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको पाइएको छ ।  

आइतवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । ‘कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा भनिएको छ । 

यस्तै राति पनि देशभर साधारणतया बदली नै रहने महाशाखाको अनुमान छ ।

‘लुम्बिनी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ, ‘कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्