२६ असार २०८३, शुक्रबार

दिल्लीको एक कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु

साउन १३, २०८१
काठमाडौं
दिल्लीको एक कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु

भारतको दिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाले जमेको पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ ।

नयाँ दिल्लीको राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा शनिवार राति भएको उक्त घटनामा परी मृत्यु हुनेमा दुई छात्रा र एक छात्र रहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

शनिवार बेलुका बेसमेन्टमा फसेर एक जनाको मृत्यु भएको र दुईजना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीका क्रममा बेपत्ता भएका दुवैको शव फेला परेको थियो । यससँगै मृतकको संख्या तीन पुगेको हो । 

बेसमेन्टमा पानी सात फिटसम्म भरिएको र विद्यार्थी फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिए पनि विद्यार्थीको ज्यान भने जोगिएन ।

उक्त घटनाको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

यस घटनालाई लिएर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरू अहिले हिरासतमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्