उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् । यस्तै दुईजना घाइते भएका छन् ।
पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजना बेपत्ता भएको उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।
आइतवार बिहान खसेको पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका हुन् ।
बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन् ।
प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
यसअघि पहिरोमा पुरिएर तीनजना बेपत्ता भएको र दुई घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले लोकान्तरलाई जानकारी दिएको थियो । पछि थप एकजना पनि बेपत्ता भएको पुष्टि भएको छ ।