२८ जेठ २०८३, बिहीबार

बढ्यो सुनको मूल्य

साउन १३, २०८१
काठमाडौं
बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकोमा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । 

शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्