२० असार २०८३, शनिबार

पहिरोले कान्ति लोकपथ अवरुद्ध

साउन १३, २०८१
काठमाडौं
पहिरोले कान्ति लोकपथ अवरुद्ध
फाइल फोटो

काठमाडौं र हेटौंडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

कान्ति लोकपथअन्तर्गत  ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौंडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।​

पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ । 

अहिले त्रिभुवन राजपथ, हेटौंडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्