२८ जेठ २०८३, बिहीबार

मौद्रिक नीतिपछि शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से

साउन १३, २०८१
काठमाडौं
मौद्रिक नीतिपछि शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से

मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयरबजारमा उछाल देखिएको छ । 

आइतबार १ सय १३ दशमलव ४२ अंकले वृद्धि भएर नेप्से परिसूचक २६८१ दशमलव ५६ अंकमा पुगेको छ । यसक्रममा शेयर बजार परिसूचक ४ दशमलव ४१ प्रतिशतले बढेको हो ।

बैंकिङ समूहका लगानीकर्ताले आइतबार सबैभन्दा बढी कमाएका छन् ।

१२ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ, जसमा अधिकांश वाणिज्य बैंक छन् ।

आइतबार कारोबार शुरू भएको २ मिनेट नपुग्दै बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो ।

त्यसको २० मिनेटपछि खुलेको बजार ५ प्रतिशतले वृद्धि भएपछि दोस्रोपटक ४० मिनेटका लागि बन्द भयो । 

त्यसपछि भने बजार केही स्थीर देखिएको थियो ।

३ बजे कारोबार बन्द हुँदासम्म बजारले पुनः लय लिँदै २६ सय ८१ मा अंकमा पुगेर रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्