२५ असार २०८३, बिहीबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन पोखरामा सम्पन्न

साउन १३, २०८१
काठमाडौं
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन पोखरामा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीहरूलाई  सम्मान गरेको छ।

आर्थिक वर्ष (आव) २०८०/८१ व्यावसायिक उपलब्धिको मूल्याङ्कन गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरूलाई  सम्मान गरिएको हो ।

करिब २२० भन्दा बढी कर्मचारीहरूको उपस्थितिमा  पोखरास्थित होटल पोखरा ग्रण्डेमा सेल्स कन्भेन्सन २०८१/८२ भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई कम्पनीका गण्डकी प्रदेश प्रमुख रामजी बरालले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको प्रमुख आथित्यतामा सञ्चालक सदस्यहरू हेमन्त नाहटा, आकाश गोल्छा र चूडामणि  देवकोटालगायतको उपस्थिति थियो ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत उच्च पदाधिकारी र विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा बिमा शुल्क संकलन, अभिकर्ता नियुक्ति,बिमालेख बिक्री संख्या र वार्षिक लक्ष्य हासिलका आधारमा उत्कृष्ट बनेका देशभरिबाट उत्कृष्ट प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धकहरूलाई सम्मान गरिएको थियो ।

null

उक्त कार्यक्रममा सबै विधामा सर्वोत्कृष्ट ३ जनालाई कम्पनीका सञ्चालकहरूद्वारा प्रशंसा-पत्र र अध्यक्ष केशवप्रसाद भट्टराईले ट्रफी प्रदान गरेका थिए ।​​

देशैभरका करिब ४० जना उत्कृष्ट कर्मचारी सम्मानित भएका कम्पनीले जनाएको छ ।

जसमध्ये  सक्रिय अभिकर्ता भर्ना अन्तर्गत ४ जना, बिमालेख बिक्री संख्या अन्तर्गत ३, बिमा शुल्क संकलन अन्तर्गत १३, व्यवसाय विस्तारमा सक्रिय अन्तर्गत ४, वार्षिक लक्ष्य हासिल गर्ने ११ जना लगायतलाई कम्पनीले ​ Employee of the Year विधा अन्तर्गत सर्वोत्कृष्ट ५ जनालाई  सम्मानित गरेको हो ।

Branch Operation अन्तर्गत सुमन कर्माचार्य -धनगढी  शाखा, Sales Executive अन्तर्गत प्रकाश पोखरेल -पोखरा नयाँ बजार शाखा, Branch Manager अन्तर्गत खेमबहादुर घर्ती -बुटवल पाल्पारोड शाखा, Regional Manager अन्तर्गत प्रमिला पराजुली -बनेपा रिजनलाई सम्मानित गरेको थियो ।

साथै Province Head अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट व्यावसायिक लक्ष्य हासिल गर्न सफल भएका स्व. जगदीशप्रसाद भट्टको नाममा श्रद्धाञ्जली दिँदै  सम्मानित गरिएको थियो ।

उक्त कन्भेन्सनमा सहभागी कर्मचारीहरूले  कम्पनीको हालको अवस्था र कम्पनीको आगामी बजार विस्तार योजनासम्बन्धी अझ विस्तृत ज्ञान हासिल गरेका कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्