३० असार २०८३, मंगलबार

सत्ता पक्षका सांसद नै हाजिर गरेर हिँडे, गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित

साउन १३, २०८१
काठमाडौं
सत्ता पक्षका सांसद नै हाजिर गरेर हिँडे, गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित

 दुई तिहाई बहुमत भएको सत्ता पक्षका सांसद नै हाजिर गर्दै बाहिरिँदै गरेपछि गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८० पारित गर्ने कार्यसूची थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकमाथि ‘विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विधेयकको सैद्धान्तिक छलफल र छलफलका क्रममा उठेका प्रश्नको मन्त्री भट्टराईले जवाफ दिएपछि आइतबारै पारित गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले विधेयकको सैद्धान्तिक छलफल सकिएको भन्दै विधेयक पारित गर्न प्रस्ताव गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले गणपुरक माग गरेका थिए । प्रतिनिधिसभाको धारा ९४ अनुसार प्रतिनिधिसभामा प्रस्तुत भएका कुनै पनि प्रस्ताव पेश गर्न सम्पूर्ण सदस्य संख्याको एक तिहाई नहुँदासम्म पेश गर्न नमिल्ने बताए ।

‘नेपालको संविधानको धारा (९४) अनुसार प्रतिनिधिसभामा छलफल भएका कुनै पनि प्रश्न र प्रस्ताव सम्पूर्ण सदस्य संख्याको एक चौथाई नभएसम्म निर्णयार्थ प्रस्तुत गर्न मिल्दैन । त्यसैले निर्णयार्थ प्रस्तुत नगरियोस भन्ने माग गर्दछु’, उनले भने । सभामुखले उक्त चरण प्रवेश नगरेको बताएपछि परियार आफ्नो सिटमा बसे । सभामुखले घिमिरेले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस भन्ने प्रस्तावलाई निर्णथार्र्य प्रस्तुत गरेपछि परियार फेरि उठे । सभामुखले बोल्न समइ दिए ।

परियारले यसअघि भनेकै भनाइ दोहो¥याए । त्यसपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सांसद संख्या गणना गर्न सचिवायलका कर्मचारीलाई निर्देशन दिए । संख्या गन्दा प्रतिनिधिसभामा ६७ जना मात्र उपस्थित थिए । जबकि सम्पूर्ण संख्या २ सय ७५ को एक चौथाई पुग्न ६९ सांसद बैठमा उपस्थित भएको हुनुपर्छ । संसदमा प्रस्तुत विधेयक वा अरु प्रस्ताव पारित गर्ने प्रमुख दायित्व सत्ता पक्षको हो ।

संसदमा बहुमत हुने भएकाले सभामा कम्तिमा एक चौथाई सदस्य संख्या पु¥याउने जिम्मेवारी सत्ता पक्षकै हुन्छ । तर, नेपालको संसदमा सांसदहरु भत्ताका लागि हाजिर गर्दै बाहिरिँदै गर्ने प्रवृत्तिका कारण पटकपटक गणपुरक संख्या नपुगेर बैठक स्थगित हुने गरेको छ । गणपुरुक माग भएपछि सत्ता पक्षका प्रमुख सचेतकहरुले फोन गरेर आप्ना सांसदलाई बोलाउने प्रयास गरेका थिए ।

तर, सबै सांसद टाढै पुगिसकेका कारण तत्काल उपस्थित हुन सकेनन् र बैठक स्थगन भयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्