०६ साउन २०८३, बुधबार

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

साउन १४, २०८१
काठमाडौं
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिकाका-२१ दुर्खुमा सोमबार बिहान स्कुल बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२ १९ नम्बरको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । 

दुर्घटनामा केही विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीलाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरूको अवस्थाबारे यकिन भइसकेको छैन ।

बसमा २२ जना विद्यार्थी सवार थिए । 

salt training

कमेन्ट गर्नुहोस्