२८ जेठ २०८३, बिहीबार

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : पकेट फरेस्ट निर्माणका लागि वृक्षारोपण

साउन १४, २०८१
काठमाडौं
बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : पकेट फरेस्ट निर्माणका लागि वृक्षारोपण

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षारोपण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नम्बर १३ सँगको सहकार्यमा सो वृक्षारोपण गरिएको हो ।

सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो । जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको कम्पनीले जनाएको छ । 

अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको छ ।

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ ।

प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ । 

null

कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ ।

त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ ।

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौं,' साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो ।'

अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने छ ।

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान यही लक्ष्य प्राप्तिका लागि महत्त्वपूर्ण पाइला हो ।

जसले हाम्रो वातावरणलाई संरक्षण र पुनःस्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्