
सरकारले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ ।
यस्तै अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुकुन्द्रप्रसाद निरौलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भरत सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा रामेश्वर दंगालको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।