
सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नै भारतको राजदूत बनाउने गरी सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, सरकार परिवर्तनसँगै नयाँ राजदूत नियुक्तिका लागि सिफारिस हुँदा फेरि उनलाई नै निरन्तरता दिनेगरी निर्णय भएको हो ।
निर्णयसँगै संसदीय सुनुवाइ पछि उनी फेरि भारतको राजदूत बन्नेछन् ।