
सरकारले चीनका लागि नेपाली राजदूतमा डा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष एवं जलवायु वातवरण विज्ञ ओलीलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ रहेका थिए ।