२९ असार २०८३, सोमबार

मंगलबार नै ५१ अंकसम्मले घटेको शेयर बजर अन्तिममा ३५ अंकले बढ्यो

साउन १५, २०८१
काठमाडौं
मंगलबार नै ५१ अंकसम्मले घटेको शेयर बजर अन्तिममा ३५ अंकले बढ्यो

मंगलबार निकै उतारचढावपूर्ण कारोबार भएको शेयर बजार परिसूचक नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेको छ ।

शुरूमा ५१ अंकको गिरावट र केही समय झण्डै ५० अंकको वृद्धि भएको नेप्से परिसूचक अन्तिममा ३५.५५ अंकले बढेर २६९६.६५ अंकमा कायम भएको छ ।

१७ अर्ब २६ करोडको कारोबार भएको शेयर बजारमा १८९ कम्पनीका शेयर धनीले कमाएका छन् भने ४७ कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ ।

६ वटा कम्पनीको मूल्य यथावत रह्यो । ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा अन्य ४ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

शुरूमा सेलर हाबी हुँदा बजार घटेको थियो । तर, अन्तिममा समयमा बायर हाबी हुन पुगे ।

२६ देखि २७ सय आसपासमा ठूलै 'करेक्सन' आउन सक्ने अनुमान भइरहेका बेला यस्तो उतारचढावपूर्ण कारोबार भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्