१० साउन २०८३, आइतबार

‘साइबर दुर्व्यवहार’ नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

साउन १५, २०८१
काठमाडौं
‘साइबर दुर्व्यवहार’ नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

बेइजिङ– चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीवारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।

नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई  व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।

नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सूचना छनोट’, ‘कस्टम किवर्ड छनोट’जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ ।  

सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षाका लागि प्रमाण सङ्कलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।

चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र  रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्