
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्त्रीको एक सय दिनको कार्यप्रगति खोजिने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्न र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न निर्देशन दिए ।
दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई उनले निर्देशन दिएका छन् ।
'एक सय दिनमा के काम गर्ने हो स्पष्ट भएर अघि बढ्नुहोला, आ–आफ्नो मन्त्रालयले के गर्यो भनेर एक सय दिनमा प्रतिवेदन बनाउनुपर्छ । प्रतिवेदनमा लेखिने कामहरू सन्तोषजनक र चित्तबुझ्दो हुनुपर्छ,' उनले भने ।
यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकाल पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने बताएका छन् ।