०८ साउन २०८३, शुक्रबार

सहकारी ठगी छानबिन समिति : बद्री पाण्डे मन्त्री बनेपछि दीलेन्द्र बडू बने सदस्य

साउन १५, २०८१
काठमाडौं
सहकारी ठगी छानबिन समिति : बद्री पाण्डे मन्त्री बनेपछि दीलेन्द्र बडू बने सदस्य
फाइल फोटो

सहकारी ठगी सम्बन्धमा गठन भएको संसदीय छानबिन समितिमा नेपाली कांग्रेसको तर्फबाट सदस्य फेरिएका छन् ।

बद्री पाण्डे मन्त्री बनेपछि उनको ठाउँमा दीलेन्द्र बडू सदस्य बनेका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पाण्डेको ठाउँमा बडूलाई मनोनयन गरिएको जानकारी गराएका हुन् ।

गत जेठ १५ गते नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा बनेको समितिमा पाण्डे सदस्य थिए । असार ३१ गते मन्त्री बनेपछि पाण्डे छानबिन विशेष समितिबाट हटेका थिए ।

यस्तै कांग्रेस सांसद मोहनबहादुर बस्नेत शिक्षा तथा स्वास्थ्य समितिबाट लेखा समितिमा सरेका छन् ।

कांग्रेसकै सीता गुरुङ कानून समितिबाट पूर्वाधार विकास समितिमा सरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्