१४ असार २०८३, आइतबार

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

साउन १५, २०८१
काठमाडौं
एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

​एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।​

लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो ।

यस प्लेटफर्ममा दर्शकहरूलाई बाँधिराख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरूलगायत थुप्रै प्रिमियम कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको छ ।

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो ।

‘बिज सधैं अन’को शुरूआतपश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक रहेको छ ।

'लायन्स्गेट प्ले हाम्रा बिज सधैं अनका ग्राहकहरूका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरूलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरू मध्येको एक लायन्स्गेटको वृहत् संग्रहमा पहुँच दिन्छ,' एनसेलका हेड अफ बिजनेस सोलुसन्स् रञ्जन शर्माले भने, 'स्ट्रिमिङ पार्टनरका रूपमा लायन्स्गेटसँग सहकार्य शुरू भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरूबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।'​​

​लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ ।

यसमा हलिउडका हिट फिल्मदेखि टीभी सो, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्री र विश्वका दर्शकले मन पराउने अन्तराष्ट्रिय चलचित्रहरू रहेका छन् ।

'विश्वस्तरीय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,' लायन्स्गेट प्ले एशियाका अध्यक्ष,' रोहित जैनले भने ।​

समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलासहितका सामग्रीहरूको वृहत् संग्रह देशभरका मनोरञ्जन प्रेमीका लागि मुख्य गन्तव्य बन्ने कुरामा ढुक्क रहेको उनले बताए ।​

​लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरूले सजिलै आफ्ना सर्भिस प्लानलाई *१२३# डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् ।​

लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउनलोड गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्