०६ साउन २०८३, बुधबार

बुटवलका मुख्य स्थानमा २३ वटा ‘हाइमास्ट लाइट’ जडान

साउन १५, २०८१
बुटवल
बुटवलका मुख्य स्थानमा २३ वटा ‘हाइमास्ट लाइट’ जडान

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मुख्य स्थानमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन् । बुटवलका २३ वटा चाैकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्।

हाइमास्ट लाइटको मंगलवार बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयले उद्घाटन गरे । नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उनले उद्घाटन गरेका थिए ।

null

सो अवसरमा मेयर पाण्डेयले बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्तरुप लिँदै गरेको बताए । उनले बुटवलका मुख्य सडक, चौक, चौराहा र सार्वजनिक स्थलहरूमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरिएको उल्लेख गरे ।   

मेयर पाण्डेयले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरूमा चालू आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए । उनका अनुसार अहिले बुटवललाई उज्यालो, हरियालीयुक्त र सफा शहरका रुपमा स्थापित गर्नका लागि काम भइरहेको छ । मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेको उनले बताए । 

बुटवलका योगीकुटी चौक, कालिका चौक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चौक, राजमार्ग चौराहा, जीतगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

null 

त्यस्तै बीपी चौक, जेसिज चौक, तीनकुने चौक, टक्सार चौक, देवीनगर चौपारी चौक, देवशिद्ध चौक र बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन् ।

यस्तैगरी नेपाल टेलिकमअगाडि, उपमहानगरको गेट, होराइजन चौक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । 

‘टेन्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७३५ रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको थियो,’ उनले भने, ‘जसको शिलान्यास फागुन २ गते भएको थियो ।’


 

salt training

कमेन्ट गर्नुहोस्