
दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन ।
दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले जानकारी दिए ।
प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु क्वाटर फाइनलमा एलेक्सिसलाई ७.७४९ – ७.१४९ अंकले हराउदै सेमिफाइनल प्रवेश गरेका थिए ।
सेमिफाइनलमा जोवनलाई ७.९६६ – ७.७६६ अंकले हराउदै फाइनल सम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोक संग ७.८९९ – ८.०९९ को झिनो अंकले पछी पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।
५५ राष्ट्रका ४५०० खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई आज ३० जुलाई सम्म चलेको थियो ।