२१ असार २०८३, आइतबार

इजिप्टसँग स्पेन पराजित

साउन १६, २०८१
काठमाडौं
इजिप्टसँग स्पेन पराजित

पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा इजिप्टले स्पेनलाई पराजित गरेको छ ।

बोर्डेयुक्स रंगशालामा मंगलबार राति भएको खेलमा इजिप्ट २-१ गोलअन्तरले विजयी भएको हो । 

जितसँगै समूह ‘सी’ को विजेता बनेको इजिप्टले तीन खेलमा सात अंक जोडेको छ ।

उपविजेता स्पेनको समान खेलबाट ६ अंक छ । ४०औं मिनेटमा आदिल इब्राहिमले गोल गर्दै इजिप्टलाई शुरूआती अग्रता दिलाएका थिए ।

६२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

अन्तिम समयमा सामुएल ओमोरोडियनले गोल गरे पनि स्पेन पराजित भयो ।

कमेन्ट गर्नुहोस्