
मंगलवार राति परेको अविरल वर्षापछि आएको बाढी काठमाडौं उपत्यकाका अधिकाशं करिडोरमा पसेको छ ।
मनोहरा र हनुमन्ते नदीमा आएको बाढी बागमती नदीमा प्रवेश गरेपछि नदी किनारामा सडक करिडोरमा बाढी पसेको हो ।
बाढीका कारण करिडोर सडक हिलाम्म बनेका छन् । करिडोर सडक हिलाम्मे बन्दा बुधवार बिहान कार्यालय समयमा मुख्य सडकमा सवारीको चाप देखिएको छ ।
बिहान १० बजेको समयमा थापाथलीको सवारी जाम कुपण्डोल हुँदै पुल्चोकसम्म पुगेको छ ।