२९ असार २०८३, सोमबार

काठमाडौं उपत्यकाभित्र बाढीमा फसेका ३६ जनाको उद्धार

साउन १६, २०८१
काठमाडौं
काठमाडौं उपत्यकाभित्र बाढीमा फसेका ३६ जनाको उद्धार
फाइल फोटो

भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । 

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।

काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।

काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको यूएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छ जनाको उद्धार गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्