०६ साउन २०८३, बुधबार

पहिरोले कान्तिलोकपथ ठप्प, काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरुद्ध

साउन १६, २०८१
काठमाडौं
पहिरोले कान्तिलोकपथ ठप्प, काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरुद्ध
फाइल फोटो

गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका  अनुसार वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेकपा एमालेको कार्यालय र च्यासल फुटबल मैदान जलमग्न छ ।

'डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार राति १ बजेदेखि प्रहरी परिचालन गरेका थियौं, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ,' सूचना अधिकारी सुवेदीले भने।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शङ्खमुल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ ।

महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरुद्ध भएको छ ।

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् ।

बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्