०७ साउन २०८३, बिहीबार

शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा

साउन १६, २०८१
काठमाडौं
शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएलगत्तै बैरागीले राजीनामा दिएका हुन् । साउन ९ गतेदेखि लागू हुनेगरी उनले राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले पुष्टि गर्यो । 

‘उहाँले एक हप्ताअगाडि नै राजीनामा गर्नुभएको हो’ प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले लोकान्तरसँग भने । 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले बैरागीलाई २०८० जेठ ३२ गते सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । तत्कालीन मुख्यसचिव बैरागीलाई व्यवस्थापन गर्नकै लागि पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरिएको थियो । 

लामो समय परराष्ट्र सेवामा काम गरेका बैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने चर्चा चलेको थियो । तर, अन्तिममा डा शंकर शर्मा नै भारतका लागि नेपाली राजदूतमा निरन्तरता पाएका छन् । 

कमेन्ट गर्नुहोस्