१३ असार २०८३, शनिबार

रक्षामन्त्री प्रधान थाइ राजाको अन्त्यष्टिमा सहभागी

कात्तिक २०, २०७४
रक्षामन्त्री प्रधान थाइ राजाको अन्त्यष्टिमा सहभागी

काठमाडौँ, १० कात्तिक– रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश (राजा) भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक भएका छन् । थाइ नरेश अदुल्यादेजको हिजो (बिहीवार) बैंककमा अन्त्येष्टि गरिएको हो ।

मन्त्री प्रधानकी पत्नी विद्या वनमाली प्रधान, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी पनि अन्त्येष्टि समारोहमा सामेल भएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार अन्त्येष्टि समारोहमा ४२ मुलुकका उच्चस्तरीय अतिथिहरुको सहभागिता थियो ।

थाइ नरेश महा बजिरलोङकर्न बोधिन्द्रदेवायवरङकनसँगको संक्षिप्त भेटमा मन्त्री प्रधानले थाइ नरेश अदुल्यादेजको अवसानबाट थाइ नरेश, थाइ शाही परिवार र थाइ जनताले व्यहोर्नु परेको अपूरणीय क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक समवेदना प्रकट गरे ।

थाइ नरेश अदुल्यादेजको सन् २०१६ अक्टुबर १३ तारिखका दिन निधन भएको थियो । उनको पार्थिव शरीरलाई बैंककको राजप्रासादमा अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न राखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मईमा बैंकक पुगी दिवंगत नरेशप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्