२५ असार २०८३, बिहीबार

विर्तामोडको आन्दोलन उग्र, मेयरको गाडी तोडफोड, अनिश्चितकालिन कर्फ्यू

कात्तिक २०, २०७४
विर्तामोडको आन्दोलन उग्र, मेयरको गाडी तोडफोड, अनिश्चितकालिन कर्फ्यू

झापा, १० कात्तिक- अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणलार्इ लिएर विर्तामोड क्षेत्र तनावग्रस्त बनेको छ ।

अवस्था असामान्य बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू जारी भएको छ ।  आज दिउसो १:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।


पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उनले बताए ।  

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो ।

उग्र वन्दै प्रदर्शन

शिवकोटीको मृत्युको सत्यततथ्य छानवीनको माग गर्दै शुरु भएको प्रदर्शनले उग्ररूप लिएको छ । आन्दोलनकारीले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको गाडी तोडफोड गरेका छन् भने उनका छोराको मे ७ प ३००० नम्बरको बाइक समेत आन्दोलनकारीले जलाइदिएका छन् ।

के हो घटना ? 

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्