२८ जेठ २०८३, बिहीबार

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

साउन २१, २०८१
काठमाडौं
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन् । 

विश्वासको मत लिने प्रयोजनका लागि मुख्मयन्त्री कँडेलले शनिबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सदस्यको समर्थन चाहिन्छ । 

कर्णालीमा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्