एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन् ।
एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ । केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।
.jpg?1509153918547)
.jpg?1509153902710)