
काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।
यसअघि भारतले सोझो सेटमै श्रीलंकालाई पराजित गरेकाले नेपाल तालिकामा पहिलो स्थानमा पुग्न सकेन ।
माल्दिभ्सविरुद्ध नेपालले पहिलो सेटदेखि अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको थियो ।
जसमा पहिलो सेटमा २५–८, दोस्रोमा २५–१८ र तेस्रोमा २५–१८ ले पराजित गरेको हो ।
भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनलको प्रतिद्वन्द्वी टुंगो लागिसकेको थियो ।
भारतको सीधा जीतपछि नेपाल पहिलो हुन सकेन ।
अब सेमिफाइनलमा दोस्रो भएको नेपालले इरान र पहिलो भएको भारतले चौथो स्थानको श्रीलंकासँग खेल्नेछ ।
नेपालको सेमिफाइनल मंगलबार सवा ५ बजे हुनेछ ।
आइतबार प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग २/२ बराबरीपछि १५–१३ ले पराजित हुन पुगेको थियो ।