
महाधिवेशन भएको ३२ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागीय प्रमुख तोकेका हुन् । देउवाले मनोनीत गरेका विभागीय प्रमुखमा अधिकांश युवा अनुहार छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सूची बुझाएपछि देउवाले सोमबार ३७ वटा विभागमा प्रमुख तोकेका हुन् । जसमा युवा नेताले पनि धेरैवटा विभागमा अवसर पाएका छन् ।
जसमा राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, विद्यार्थी विभागमा राजीव ढुंगाना, शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कल्याणकुमार गुरुङ छन् ।
त्यस्तै, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी र पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला छन् ।
यस अघि १७ वटा विभागमा प्रमुख र केहीमा सदस्य पनि चयन भएका छन् । ३७ वटा विभागमा प्रमुख थपिएपछि करिब ८५ प्रतिशत विभाग बनेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको तल्लो तहका नेतासमेत परिचालित हुने गरी विभागमा सदस्य थपिनेछन् ।
अन्य विभागमा को–को छन् ?
स्थानीय तह समन्वय विभाग मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर केसी
संसदीय मामिला विभाग गोविन्दबहादुर शाह
कानून विभाग मानबहादुर नेपाली
पेशागत तथा बुद्धिजीवी विभाग डा. डिला संग्रौला
निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग उमेश श्रेष्ठ
खेलकूद विभाग उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सिना
दलित समुदाय समन्वय र सशक्तीकरण विभाग लक्ष्मी परियार
द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग मैकुलाल वाल्मीकि
वित्तीय संस्था समन्वय विभाग कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड
मानव अधिकार विभाग धना खतिवडा
ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना
व्यावसायिक सीप विकास विभाग गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी
धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित