०३ असार २०८३, बुधबार

प्रजातन्त्र सेनानीहरूलाई राज्यले उचित सम्मान गर्नुपर्छ : राष्ट्रपति

साउन २१, २०८१
काठमाडौं
प्रजातन्त्र सेनानीहरूलाई राज्यले उचित सम्मान गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अथक सङ्घर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन् । 

प्रजातन्त्रका लागि सङ्घर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

त्याग र सङ्घर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 'प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कन्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु,' उनले भने ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । 

'नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा तपाईंहरूको सङ्घर्ष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईंहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्