२८ जेठ २०८३, बिहीबार

मनसुनजन्य विपद्‌बाट १ सय ५४ जनाको मृत्यु​​

साउन २१, २०८१
काठमाडौं
मनसुनजन्य विपद्‌बाट १ सय ५४ जनाको मृत्यु​​
फाइल फोटो

यस वर्षको मनसुनजन्य विपद्‌बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्‌बाट काठमाडौं उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, २/२ वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्