२६ जेठ २०८३, मंगलबार

नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण, भारतमै बस्छिन् कि के गर्छिन् ?

साउन २१, २०८१
काठमाडौं
नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण, भारतमै बस्छिन् कि के गर्छिन् ?

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । 

विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । 

भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।

यद्यपि हसिना दिल्लीमा बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्ने अनुमान गरेका छन् । 

स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्