२५ असार २०८३, बिहीबार
साउने झरी

काठमाडौंमा रातभर झरी, देशभर कहाँ-कहाँ पर्‍यो ठूलो पानी ?

साउन २२, २०८१
काठमाडौं
काठमाडौंमा रातभर झरी, देशभर कहाँ-कहाँ पर्‍यो ठूलो पानी ?
https://lktcdn.prixacdn.net/media/weather_raining_8ixs9g4ST4.jpg

काठमाडौं उपत्यकामा रातभर झरी परेको छ । गएराति १० बजेदेखि पर्न थालेको पानी बिहानसम्म निरन्तर परिरहेको छ । बिहान ६ बजेदेखि भने झरी केही कम भएको छ । 

निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । तर, उपत्यकाका नदीको जलसतह हालसम्म सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, काठमाडौंसहित देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । त्यहाँ पनि बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्