२४ जेठ २०८३, आइतबार

यात्रुका टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण !

साउन २२, २०८१
काठमाडौं
यात्रुका टाउकोमा जुम्रा भेटिएपछि विमानको आपत्‌कालीन अवतरण !

हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ । जस्तै खराब मौसम, इन्जिनमा चरा ठोक्किने, यात्रुहरू आपसमा झगडा गर्ने आदि ।

तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको न्युज हेराल्डले जनाएको छ । 

ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो । यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ । 

घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ । टिकटक कन्टेन्ट क्रिएटर इथान जुडेल्सनले यो घटना सुनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्