
लगातारको वर्षाले काठमाडौंको बल्खुस्थित तरकारी तथा फलफूल बजारभित्र बाढी पसेको छ । बागमतीको बाढी तरकारी बजारमा छिरेको हो ।
नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार सानो भर्याङ, टहाचलस्थित ज्ञानोदय स्कुल आसपास क्षेत्र, माइतीघर, न्यूप्लाजा क्षेत्रमा समेत पानी जमेर अस्तव्यस्त भएको छ ।
जोशीका अनुसार जडिबुटी क्षेत्रमा समेत खोलामा पानीको सतह पार गरेको छ ।
उपत्यका भित्रको करिडोर क्षेत्रमा बगेका खोला तथा नदीले सतह पार गरेका कारण उक्त सडक खण्ड प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह उनले गरे ।
जोशीले लोकान्तरसँग भने, ‘वर्षाले उपत्यका अस्तव्यस्त बनेको छ, सकभर अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु होला ।’