०३ असार २०८३, बुधबार

बंगलादेशको घटनाक्रमलाई लिएर दिल्लीमा सर्वदलीय बैठक, राहुल पनि सहभागी

साउन २२, २०८१
काठमाडौं
बंगलादेशको घटनाक्रमलाई लिएर दिल्लीमा सर्वदलीय बैठक, राहुल पनि सहभागी

​जनविद्रोहका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि छिमेकी राष्ट्रमा भएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक बसेको छ ।

विदेशमन्त्री डा. एस जयशंकरले बोलाएको बैठकमा विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी पनि सहभागी छन् । भाजपा अध्यक्ष जेपी नाड्डालगायत सत्तारूढ दलका नेता बैठकमा सहभागी छन् । 

छिमेकी देशमा भएको सत्तापलटबारे छलफल गर्न विदेशमन्त्रीले सर्वदलीय बैठक बोलाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा राजनीतिक अस्थिरताका बीच अन्य देशले प्रभाव बढाउने चिन्ता भारतीय नेताहरूले व्यक्त गरेका छन् । 

आरक्षण कोटाविरोधी विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख सोमबार भारत पुगेकी थिइन् ।

बंगलादेशमा सेना समर्थित अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्