
बागलुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।
आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।