२९ जेठ २०८३, शुक्रबार

बडिगाड पहिरो: घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

साउन २३, २०८१
बाग्लुङ
बडिगाड पहिरो: घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

बाग्लुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार गरिएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । 

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा छ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । 

हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्‍याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको  उपचार गरेका थिए ।

तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य  घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्