२१ जेठ २०८३, बिहीबार

अपडेटः त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

कात्तिक २०, २०७४
अपडेटः त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

धादिङ, ११ कार्तिक–
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रीबस धादिङको गजुजरी–५ धारबेसीबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रहरीले नदीबाट १९ जनाको शव निकालिएको जनाएको छ । प्रहरीका अनुसार नदीबाट ७ महिला, ३ नाबालक र ९ पुरुषको शव निकालिएको छ ।

शनिबार बिहान ६ बजेतिर ना ६ ख १४६७ नम्बरको बस गजुरी–५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । बसमा करिब ६० जना यात्रु रहेको प्रहरीको अनुमान छ ।

नदीबाट १४ जना यात्रुको उद्दार गरिएको प्रहरीले जनाएको छ । नदीमा डुबेकाे बस फेला परेपनि सिसा फुटाएर बसभित्र जान नसकिएकाले क्रेन लगाएर बस बाहिर निकाल्ने तयारी भइरहेकाे प्रहरीले जनाएको छ । उद्दार गरिएका घाइतेहरुलाई गजुरी अस्पतालमा राखिएको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने यात्रुको संख्या बढ्न सक्ने प्रहरीको जनाएको छ । बसमा रहेका २४ यात्रु अझै बेपत्ता रहेका जनाइएको छ ।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्