२१ असार २०८३, आइतबार

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रूपन्देही उत्कृष्ट

साउन २३, २०८१
बुटवल
कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रूपन्देही उत्कृष्ट

गृह मन्त्रालयसँगको कार्यसम्पादन मूल्याङ्कनमा रूपन्देही देशकै उत्कृष्ट जिल्ला बनेको छ । १०० मध्ये सबैभन्दा धेरै ९८ अंकसहित रूपन्देही उत्कृष्ट बनेको हो ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौताबमोजिम उत्कृष्ट कार्य गरेकोले प्रथम भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले बताए । पाल्पा दोस्रो र बाग्लुङ तेस्रो भएका छन् । 

‘इनोभेटिभ काम, शान्ति सुरक्षा, सेवा प्रवाह, कानून कार्यान्वयन, मुद्दा मामिला व्यवस्थापन, संस्थागत समन्वयजस्ता काम गर्ने इन्डिकेटर हुन्छन्’ अर्यालले भने, ‘तीमध्ये धेरै काम हामीले गरेपछि उत्कृष्ट भइयो । यो मेरो मात्र देन होइन । सबै जिल्लाबासीको हो । यो सबैको प्रयासबाट सफल भएको हो ।’

प्रजिअ अर्याल जिल्लामा आएपछि व्यक्ति र संघसंस्थाहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाषिश यादवको जीवन रक्षाका लागि ब्लडमनी जुटाउनेलगायत कामको नेतृत्व गरेका थिए ।

त्यस्तै संविधान सभा सदस्य कमलेश पुरी गोस्वामीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिनामा आफ्नै घरसँग जोडिएको सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी बनाएको पोखरी र बगैंचा खाली गराएका थिए । 

अर्यालले बिदा र चाडपर्वका दिन कारागारका कैदीसँगै बसेर खाना खाने र मनाउने गर्थे । उनले जेल जीवनपछि राम्रो कार्यमा लाग्न उत्प्रेरणामूलक प्रशिक्षणसमेत दिने गर्थे । अर्याल गत वर्ष असोज १ गतेदेखि रूपन्देहीको प्रजिअ भएर काम गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्